Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

राजावादी आन्दोलन

आइतबार मात्र मुद्दा दर्ता हुने

आइतबार मात्र मुद्दा दर्ता हुने

प्रमाणहरुको थप विश्लेषण भइरहेकाले समय अभाव भएकाले आज मुद्दा दर्ता गर्न नसकिएको

  • काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आइतबार मात्र मुद्दा दर्ता हुने भएको छ । प्रमाणहरुको थप विश्लेषण भइरहेकाले समय अभाव भएकाले आज मुद्दा दर्ता गर्न नसकिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले भने, ‘आजै दर्ता गर्ने तयारी थियो । तर समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्छौं ।’ प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्माले जानकारी दिए ।

    images

    प्रहरीले अनुसन्धान सकेर हिजो बिहीबार प्रतिवेदन बुझाए लगत्तै सरकारी वकिलको कार्यालय आजै अभियोजनको तयारीमा जुटेको थियो । संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको समय सकिन लागेकाले मुद्दा दर्ता प्रक्रिया अघि बढने भएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदनमा ६१ जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमा रहेका छन । अरु हाजिरी जमानीमा रिहा भएका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij