Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

बजेट सार्वजनिक

मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक

मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक

  • काठमाडौं । पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले एघारौँ गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषिलाई मूल प्राथमिकतामा राखिएको जानकारी दिए ।

    images
    images
    images

    यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो। चालु आव २०८१-०८२ मा बकैया गाउँपालिकाले ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    images

    गाउँपालिकाले सार्वजनिक गरेको बजेट अनुसार आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ५८ करोड ९१ लाख ६ हजार, र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

    कुल बजेटमध्ये २८ करोड ६ लाख ९१ हजार पूँजीगत खर्चतर्फ र ६३ करोड ६५ लाख ५९ हजार चालु खर्चतर्फ विनियोजन गरिएको छ । नेपाल सरकारबाट सशर्त अनुदानका रूपमा ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदान प्राप्त हुने विवरण बजेटमा उल्लेख छ ।

    कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाले कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड र त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा २ करोड ५० लाख छुट्याएको छ । साथै कोल्ड स्टोर निर्माणका लागि अनुदानसहित १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    images

    पूर्वाधार निर्माणमा ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणमा ६५ लाख तथा प्रत्येक वडाको समानुपातिक विकासका लागि ४ करोड ८० लाख बजेट छुट्याइएको छ। कार्यपालिका सदस्यहरूलाई ८ लाखका दरले ४८ लाख विनियोजन गरिएको छ ।

    उपाध्यक्ष खत्रीका अनुसार, यो बजेट विशेषगरी कृषिमा आत्मनिर्भरता, बजार पूर्वाधार, चिस्यान प्रणाली र स्थानीय उत्पादनलाई जोड दिन बनाइएको हो । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा बजेट पारित गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij