Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।

    images
    images
    images

    सोमबार खुमलटार स्थित निजी निवासमा आयोजित कार्यक्रममा प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिएका हुन् ।

    images

    बधाई दिने क्रममा प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे । उनले भने, 'नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु।

    एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ ।'प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले पनि सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धित विधेयक पारित गराउन आफुले सक्रिय भूमिका खेल्ने प्रतिज्ञा पनि गरे । एनएमएको निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो । एक उपाध्यक्ष र एक सदस्यबाहेकका सबै पदमा उक्त प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij