Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु

भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु

  • काठमाडौँ । भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बिचौलियाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मालगायतका ३१ जना व्यक्तिहरू प्रतिवादी रहेको बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं जिल्ला अदालतमा दायर भएको राज्यविरुद्धको कसुर, ठगी, लिखत किर्ते र संगठित अपराधको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।

    AGNI GROUP

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबार पेसी तोकिएकामा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सुनुवाइमा वादी नेपाल सरकारका पक्षबाट सुरुवाती बहस सुरु भएको छ ।

    बुधबार न्यायाधीश खड्काको इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट सहायक जिल्ला न्यायाधिवक्ताहरु छविलाल चालिसे, रोशन सुनारलगायतले बहस गरेका छन् । वादीको तर्फबाट बहस सकिएको छैन र बिहीबार पनि सरकारी वकिलकै तर्फबाट बहस हुने बताइएको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएपछि प्रतिवादीहरू तर्फबाट बहस सुरु हुनेछ ।

    ३० जना प्रतिवादी रहेको र एक प्रतिवादीका दुई भन्दा बढीसमेत कानुन व्यवसायी रहेको कारण यो बहस पूरा हुन केही दिन लाग्ने बुझिएको छ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले सो मुद्दामा फैसला सुनाउनेछ ।

    १० जेठ २०८० मा ३० जना व्यक्तिलाई प्रतिवादी बनाएर दायर भएको यस मुद्दामा पछि दुईवटा पुरक मुद्दासमेत दर्ता भइसकेको छ । पछि बेचन झाविरुद्ध समेत मुद्दा दर्ता भएकामा हालसम्म ७४ पटक सो मुद्दा पेसीमा चढिसकेको छ । ३ वर्ष पूरा भएपछि बल्ल सो मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।

    नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारमै रहेका र सरकार बाहिर रहेका गिरोहले प्रतिव्यक्ति ६० लाख रुपैयाँसम्म उठाएर ठगी गरेका थिए । भुटानी शरणार्थी बनाएर उनीहरूलाई नक्कली कागजात बनाई अमेरिका पठाउने भन्दै करोडौं रकम उठाइएको थियो ।

    तर उनीहरूलाई अमेरिका पठाउन नसकेपछि पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी, एमाले नेता रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालगायतका व्यक्तिहरूको संलग्नता पाइएको थियो ।

    सोही आधारमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । सो मुद्दामा बालकृष्ण खाँडपछि उच्च अदालतबाट धरौटीमा छुटेपनि एमाले नेता रायमाझी, तत्कालीन गृहसचिव पाण्डे, बिचौलियाहरु दुलाल, भण्डारीलगायतका व्यक्तिहरू भने अझै पनि थुनामै रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij