Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् ।
इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा उनले विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएको बताए । प्रसारणलाइनमा निजी क्षेत्र भित्र्याउनु पर्ने बताए । प्रसारणलाइनमा निजी क्षेत्र आएपछि यो क्षेत्र थप बलियो हुने उनको भनाइ छ ।
नेपाल लामो समयदेखि नीति र नियतको दलदलमा फसेको बताए । “नेपाल नीति र नियतको दलदलमा बस्यो । नीति जहिले राम्रो आउने तर नियत राम्रो भएन्,” उनले भने, “त्यसैले नीति राम्रो आउने तर काम नहुने अवस्था आयो । अपेक्षाकृत काम हुन सकेन ।”
उनले नेपालको पानी सुनको खानी भएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij