
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट निषेधित लागूऔषध डाइजेपाम १ हजार ९ सय ५० एम्पुल, नोर्फिन १ हजार ९ सय ५० एम्पुल, फेनारगन १ हजार ९ सय ५० एम्पुल र ट्रामाडोल २ सय ४० ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच बलाई गाउँ बस्ने ३५ वर्षीय किस्मत अलि र २८ वर्षीय शाहरूख अलि रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौतर्फ आउँदै गरेको वीआर ०१ पिबी १८०२ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक किस्मत र सुमोमा सवार शाहरूखलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij