Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखाको गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय‍बाट खटिएको प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो।  

    पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij