Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

योगेश गौचन एफपीपीडीको युवा समितिको अध्यक्षमा निर्वाचित

योगेश गौचन एफपीपीडीको युवा समितिको अध्यक्षमा निर्वाचित

  • काठमाडौं । सांसद योगेश गौचन थकाली एशियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (ब्ँएएम्) को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    यो निर्वाचन १५ औँ महासभाको अवसरमा यही अप्रिल २७ र २८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो । ब्ँएएम् एशिया–प्रशान्त र मध्य एशियाका ३० वटा राष्ट्रिय समिति (ल्ऋक) का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो । यसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

    यो निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ ।

    युवा सशक्तिकरणको क्षेत्रमा उनले गर्दै आएको नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन् । उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दीगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन् ।

    निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवद्र्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij