Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल

राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

आस्थाको बन्दी रिहाईका लागि

  • काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

    images
    images
    images

    गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बने पछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने राप्रपा नेपालले जनाएको छ । 

    ‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारको संवाहक हुन, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाईको निम्ति प्रतिवद्धत छौँ, एक छौँ ।’

    यसो त संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो साथ रहेको बताएको छ । 

    समितिका अध्यक्ष नवराज सुबेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको हो ।

    ‘राष्ट्रिय झण्डा लिएर उक्त जनप्रदर्शनमा सहभागी भइ सहयोग गरिदिन हुन आम नेपाली जनतालाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij