
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका-३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।
काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।
वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भैरहेको यादवले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij