
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । पुल्चोक र भैंसेपाटी क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधित क्षेत्र घोषणा गरेको छ। पुल्चोकस्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपास निषेधित क्षेत्र घोषणा गरिएको हो ।
दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएकोले उक्त क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन र सभाजस्ता कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij