Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा

२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा

  • काठमाडौँ । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जली चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए ।

    उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामन बरामद गरिएको छ । उक्त  समानहरु बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij