Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

डाइपरमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना च्याप्पै

डाइपरमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना च्याप्पै

  • काठमाडौं । कतारबाट अवैध तरिकाले सुन ल्याउने र सुन संकलन गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमास्थलमा पुगेका तनहुँका टकबहादुर गुरुङलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । 

    images
    images
    images

    आइतबार कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लियो । 

    images

    सुवासको बयानका आधारमा सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । 

    चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको छ । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij