
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । काठमाडौंको असनमा आगलागी भएको छ। बिहीबार दिउँसो असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको एक घरमा आगलागी भएको हो ।
प्रहरी परिसर काठमाडौंका अनुसार होम अप्लायन्सहरू राखिएको गोदाममा आगलागी भएको हो ।
अहिले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको दमकल पुगेको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij