Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

गृहमन्त्री लेखक र एडीबी निर्देशक बीच भेटवार्ता

गृहमन्त्री लेखक र एडीबी निर्देशक बीच भेटवार्ता

  • काठमाडौँ । एसियाली विकास बैंक एडीबी का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीको पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

    images

    साथै, मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ति, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली कोरिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुक्खा बन्दरगाहवरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे ।

    त्यसैगरी, मन्त्री लेखक र एडीबी निर्देशक कोस्वाबीच सुदूरपश्चिममा चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij