
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने घाटमा बालुवाको ढिम्कामाथि उत्तानो परेको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको हो । बुधबार स्थानीयले शव देखेपछि प्रहरी चौकी नावा खोलामा खबर गरेका थिए ।
खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट नावाखोला र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेका प्रहरी टोलीले उद्वार गरेर पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।
शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij