
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा शुक्रबार मतदान भइरहेको छ । जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो । शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान गर्न पाइनेछ ।
नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन् ।
चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ ।
कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला-जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij