Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडा निर्विरोध

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडा निर्विरोध

  • काठमाडौं । संसदीय सुनुवाई समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । यसअघि राज्य व्यवस्था तथा परामर्श समितिको सभापतिबाट राजीनामा दिएका रामहरिलाई संसदीय सुनुवाई समितिको सभापति बनाइएको हो ।

    images
    images
    images

    संघीय संसद सचिवालयका अनुसार खतिवडालाई सभापति बनाउन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेका थिए भने एमाले प्रमुख सचेतक महेश बर्तौलाले समर्थन गरेका थिए ।

    images

    संसद सचिवालयले रिक्त सभापति पदको निर्वाचनका लागि बुधबार सूचना प्रकाशित गरेको थियो । आज अपरान्ह ४ बजेसम्मको समय दिइएकोमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । त्यससँगै उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाइएको छ । निजामती सेवा विधेयकमा कुलिङ पिरियड हटाउन खतिवडाले भूमिका खेलेको भन्दै चौतर्फी आलोचना भएपछि राजीनामा दिएका थिए ।

    त्यससँगै उनको ठाउँमा न्यौपानेलाई लगिएको थियो । यता न्यौपानेको ठाउँमा उनलाई ल्याइएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij