
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक शुरु भएको हो । आजको बैठकमा शुक्रबार देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशन बारे छलफल हुने एजेण्डा रहेको छ ।
बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij