
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । रुकुम पश्चिममा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । रुकुम पश्चिम घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुवा दर्वे खत्रीको हत्या गरेका हुन् ।
आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार बुवाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।
घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij