Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रिमियर लिग फुटबल : एस्टन भिल्लामाथि सिटीको सहज जित

प्रिमियर लिग फुटबल : एस्टन भिल्लामाथि सिटीको सहज जित

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । बुधवार राति म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई २(० ले पराजित गर्दै जित हात पारेको हो ।

    images
    images
    images

    सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र इल्के गुण्डोगानले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको थियो ।

    खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा गुण्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीलाई २(० को जित दिलाए ।

    जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १८ खेलमा ३८ अंक जोडेको छ ।

    एस्टन २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij