काठमाडौं । सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ । बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार आगो अझै निभिसकेको छैन । दमकल बोलाएर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।