Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

झन्डै ८० अंकले बढ्यो सेयर बजार

झन्डै ८० अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ७९.८२ अंकले बढेर २८७४.६० बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज १६ अर्ब ५९ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

    images

    २.८५ प्रतिशतले बढेको बजारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । साथै, आज ट्रेड टावर लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

    बिहीबार सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढेको छ भने बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij