Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

  • मोरङ । बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९  भदौ १३ गते पाँच  सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हँुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र  भातृत्वको आधारमा काम गरिरहेको छ ।

    images
    images
    images

    प्रदेश नं १ को राजधानी विराटनगरमा  विसं २०७६ भदौमा विराटनगर– १० स्थित बहालका घरबाट स्थापित प्रदेश आश्रममा अहिले   एक महिनाको बालकदेखि ९५ वर्षका नागरिकसहित २५२ सडक मानव,  अपाङ्ग र  असहायको बसोबास बनेको छ  जसमा चार बालबालिका र ९२ महिला छन् ।

    मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र  भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ ।  भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई  परिवारको जिम्मा लगाउने गरिएको छ । सो कार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई  आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ ।

    विराटनगर–१० स्थित तीनटोलिया र विराटनगर –३ वन कार्यालय उत्तर रहेको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा दिइएको छ । आश्रमले पुनः अर्को एक घर विराटनरमा –१ मा बहालमा लिई  यही माघदेखि सञ्चालन ल्याउन लागिरहेको आश्रमका प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनु भयो । आश्रम सञ्चालनमा रहेको तीनटोलियामा तीन कठ्ठा १० धुर, विराटनगर–३ मा एक कठ्ठा १० धुर र आगामी दिनमा सञ्चालन हुने नयाँ आश्रमको दुई कठ्ठा जग्गामा आश्रमको भवनमा क्रमशः २२ कोठा र  १७–१७ कोठा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij