Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • काठमाडौं ।   कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका–८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका(१७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images
    images
    images

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।पर्सा वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट २ सय ३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका–९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको हो । साथै मकवानपुर बागमी उँपालिका(६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    सिरहा कर्जन्हा नगरपालिका–१० स्थित सूर्य सिमेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको घरबाट ३ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित मिर्चैया नगरपालिका(७ बस्ने २६ वर्षीय दिलिप यादब लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यसैगरी लहान नगरपालिका–१० खुट्टी पुल नजिक सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित लहान नगरपालिका–१८ भदैया बस्ने २५ वर्षीय विजय कुमार पासवान र कल्याणपुर नगरपालिका–११ कोरनियाही बस्ने १९ वर्षीय मोहमद ईबरानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    झापा दमक नगरपालिका–८ बालुवाटार डेरा गरी बस्ने गौरीगंज गाउँपालिका(७ घर भएका २४ वर्षीय बिनोद कुमार पौदार र १८ वर्षीय किशोरलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागूऔषध ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाइकाभेट र नगद ११ हजार रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ईटहरी पमहानगरपालिका–१९ घर भएका २३ वर्षीय बिकास बुढाथोकीलाई नियन्त्रित लागूऔषध १ सय क्याप्सुल स्पास्मो प्रोक्सभोन र ८० ट्याब्लेट नाइट्रोसन सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्‍ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij