
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका–१९ बाउन्न बिघा जाने बाटो नजिकबाट २ थान कटुवा पेस्तोल सहित लक्ष्मिनियाँ गाउँपालिका–१ सोहनी बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी ती किशोरलाई पक्राउ गरेको हो ।
बाजुरा, छेडेदह गाउँपालिका–६ सुदाडा बस्ने ३० वर्षीय लाल सेजुवाललाई ३ थान भरुवा बन्दुक, १ थान जङ्गली जनावर घोरल र रतुवाको जस्तो देखिने २ थान छाला सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले सेजुवालको घर तलासी लिने क्रममा उक्त हतियार र छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij