
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । दाङ– लमही नगरपालिका वडा नम्बर ५ मा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा नुवाकोट घर भएका २८ वर्षीय रमेश तामाङ लामाको शव झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
उनी धनुषा जिल्लाको सशस्त्र प्रहरी बलबाट सरुवा भएर सशस्त्र प्रहरी बल ४१ नम्बर गण हेड क्वाटर अर्जुनखोला आएको बुझिएको छ। सशस्त्र प्रहरीमा उनी परिचर पदमा कार्यरत भएको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij