Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

  • लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काट्ेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो । विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।  
     
    विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत्  लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत्  लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ । 

    images
    images
    images

    उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत्  लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत्  महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख  र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij