Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

उड्ने बित्तिकै विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

उड्ने बित्तिकै विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

    images

    विमानमा पाइलट मनिष रत्न शाक्य र को(पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

    त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए ।

    उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।

    images


    सौर्य जहाज दुर्घटना: यी हुन् विमानमा सवार इन्जिनियर तथा प्राविधिकहरू


    सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, २ को शव फेला

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij