
Apr 21 2025 | २०८२, वैशाख ८ गते
डडेल्धुरा । परशुराम नगरपालिकाका ४ कटाल गाउँमा रोपाइँमा खाना खाएपछि २० जना अस्पताल भर्ना भएको छन् । परशुराम नगरपालिका ४ कटाल गाउँका २० जना जोगबुडा अस्पताल भर्ना भएका हुन् ।
बिरामी भएका सात जना धनगढी रेफर गरेको जोगबुडा अस्पतालका सूचना अधिकारी जय बहादुर धामीले जानकारी दिए । बिहिवार गाउँमा रोपाइँ गर्न गएका नागरिकले खाना खादाँ सबै बिरामी परेका सूचना अधिकारी धामीले जानकारी दिए । रोपाइँमा खाना खाएकाहरुलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको धामीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij