Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

  • काठमाडौं । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । भुर्तेल ३८० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले पछि पारे ।

    images
    images
    images

    जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् ।

    images

    मतदानमा ६७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी १०५ जना निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij