
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौँ माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवा गतलाङ घर भइ हाल काठमाडौंको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई आज बिहान ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
ग २१ प ५७ ७७ नम्बरको मोटरसाइकल काठमाडौंकै गंगबुबाट हराएको भनि रितिक थापाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij