
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए ।
उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ ।
असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’ बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij