
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । फुटबल क्लब,‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरूबीच अन्तरक्रिया गराएको छ ।
एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो ।
अन्तरक्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरू र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए । छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij