Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मापसे कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाइयो

मापसे कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाइयो

  • काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ ।

    images
    images
    images

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका ट्रफिक प्रहरीलाई चारदिन सडकमा नखटाइने र त्यसको साटो मापसे गरेका सवारी चालकलाई खटाइने बताएका थिए । त्यसको एकदिन पछि नै उनको स्टाट्सलाई ट्राफिक प्रहरीले कार्यान्यनमा ल्याएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

    volunteer traffic photo

    ‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ ।’

    volunteer traffic photo

    बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् ।
    उपत्यकामा १८ सय ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन् । तीमध्ये कम्तीमा ३ सय महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

    volunteer traffic photo

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij