Jul 26 2026 | २०८३, साउन १० गते
ललितपुर
ललितपुरमा 'प्रहरी हुँ' भन्दै सर्वसाधारणलाई डरधम्की देखाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, गएको असार १८ गते राति करिब साढे ८ बजे ललितपुर महानगरपालिका-५, थसिखेलस्थित बिज्वल रावतको घरमा प्रवेश गरी सादा पोसाकमा आएका व्यक्तिहरूले आफूलाई प्रहरी बताउँदै लुटपाट गरेका थिए ।
यसरी गरिएको थियो लुटपाट पक्राउ परेका व्यक्तिहरूले घरभित्र प्रवेश गरी डरधम्की देखाई पीडितलाई बा.७५ प.५०३५ नम्बरको एनएस पल्सर मोटरसाइकलमा राखेर सुनसान स्थान (ललितपुर-१४, ताल्छिखेल) मा लगी लुटपाट गरेका थिए।
पक्राउ पर्नेहरू: प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा निम्न दुई जनालाई पक्राउ गरेको छ:
१. सन्देश शाही (२३): स्थायी घर काठमाडौं-१७, हाल सानेपा खरीबोट, ललितपुर।
२. बिनोद मगर (३१): स्थायी घर रौतहट चन्द्रपुर-२, हाल सानेपा खरीबोट, ललितपुर।
बरामद सामग्री: उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल र लुटिएका धनमाल बरामद गरिएको छ:
Iphone 16 Pro मोबाइल फोन – १ थान।
चाँदीको जस्तो देखिने ब्रासलेट चेन – १ थान।
बा.७५ प.५०३५ नम्बरको एनएस पल्सर मोटरसाइकल – १ थान।
अनुसन्धान जारी पक्राउ परेका दुवै जनालाई ललितपुर जिल्ला अदालत, लगनखेलबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। घटनाको थप अनुसन्धान सातदोबाटो प्रहरी वृत्तबाट भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij