
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij