
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । मंगलबार सरकारले संघीय संसदमा पेश गरेको बजेटप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आलोचनात्मक टिप्पणी गरेका छन् ।
प्रतिपक्षमा बसेका दलहरुले सरकारले ल्याएको कार्यक्रमको आलोचना गर्नुलाई संसदीय परम्परा मान्न सकिए पनि सरकारमै रहेका दलको नेताले आलोचना गर्नुले विशेष अर्थ राख्छ ।
सभापति रवि लामिछानेले सम्हालेको गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड, उपसभापति डोलप्रसाद अर्यालले सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड, सुमना श्रेष्ठले सम्हालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुई खर्ब ३ खर्ब ६६ करोड र विराजभक्त श्रेष्ठले सम्हालेको युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अघिल्लो वर्ष यी मन्त्रालयहरुमा क्रमशः १ खर्ब ९४ अर्ब, १६ करोड, ८ अर्ब ८ करोड २७ लाख, १ खर्ब ९७ अर्ब २९ करोड ५५ लाख र २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij