
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आज मंगलबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य केही बढेको छ ।
एक यूरो खरिद गर्नका लागि १४४ रुपैयाँ १३ पैसा पर्छ भने बिक्री १४४ रुपैयाँ ७९ रुपैयाँमा भइरहेको छ । अमेरिकी डलर सोमबारको तुलनामा स्थिर नै देखिन्छ । जसको खरिद दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij