
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री वर्षमान पुनले आज पहिलोपटक बजेट ल्याउँदै छन् । दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा रहे पनि पुनले ल्याउन लागेको यो पहिलो बजेट हो ।
यसअघि, १२ वर्षअघि पनि पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर सो क्रममा उनले बजेट प्रस्तुत गर्न सकेका थिएनन् । बजेट बनाउँदा बनाउँदै छाड्नु परेको थियो । पुनले आज संवैधानिक व्यवस्थाअनुसार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट आउने अनुमान गरिएको छ । यद्यपि राष्ट्रिय योजना आयोगले सरकारलाई १८ खर्ब हाराहारीको बजेट ल्याउन सिलिङ तोकेको थियो । सुरुमा अर्थ मन्त्रालय योजना आयोगकै सिलिङमा बसेर काम गरिरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij