Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

नेप्सेमा तीन अर्ब ८९ करोडकाे काराेबार

नेप्सेमा तीन अर्ब ८९ करोडकाे काराेबार

  • काठमाडौं । साताकाे कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अ‌कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.९३ अंकले बढेर दुई हजार एक सय १३.२७ को विन्दुमा कायम भएको हो ।

    images
    images
    images

    आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर ५८ हजार चार सय ८३ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ ।

    images

    आज बैंकिङ समूह ०.७४, होटेल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बिमा समूह ०.२२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । 

    विकास बैंक समूह ०.६३, वित्त समूह १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बिमा समूह ०.४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ ।

    मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    images

    कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij