
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
शुक्रबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन बोलकबोल गर्ने जनाएको केन्द्रीय बैंकले सोही दिन निष्कासन गर्नेछ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij