Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

घट्यो यूरो र डलरको मूल्य

घट्यो यूरो र डलरको मूल्य

  • काठमाडौं । आज बिहीबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

    images
    images
    images

    बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij