
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । पक्राउ परेकाहरूलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित एक निर्माणाधिन घरमा फेला परेको थियो ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
घिमिरेको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij