Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ठमेलबाट एक जना चिनियाँ र नेपाली नागरिक पक्राउ

ठमेलबाट एक जना चिनियाँ र नेपाली नागरिक पक्राउ

  • काठमाडौं । काठमाडौँको ठमेलबाट एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् ।

    images
    images
    images
    क्षेत्रपाटीस्थित जियाङ्ग सु होटलबाट पक्राउ गरिएको चिनियाँको साथबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३७ लाख नेपाली रुपैयाँ, अमेरिकन डलर, थाइ भाट, भारतीय रुपैयाँ र चिनियाँ युआन बरामद गरेको छ ।
     
    ठमेलस्थित होटल छेङ्दुबाट पक्राउ परेका दीपेन्द्र श्रेष्ठको साथबाट ९ लाख रुपैयाँ बरामद गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले   जानकारी दिनुभयो । राजस्व छलेको आशङ्कामा प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij