Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

३ जना अवैध हुन्डी कारोबारी पक्राउ

३ जना अवैध हुन्डी कारोबारी पक्राउ

  • काठमाडौं । ठमेलस्थित होटल भियनामा छापा मारेर तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    हुन्डी कारोबारको आशंकामा ठमेलस्थित अमला रोकाले सञ्चालन गरेको होटलमा सिआइबीले छापा मारेको हो । रोका ६१ किलो सुन तस्करीका मुख्य योजनाकारको आरोपमा थुनामा रहेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । रोका आफैं पनि यस प्रकरणमा फरार छिन् ।

    सिआइबी प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन् । ‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने ।

    सो होटलमा विगतमा सुन तस्करीको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान विभागले पनि छापा मारेका थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij