
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पहिलो पल्ट दाबी गर्दै महिला नेतृको उम्मेदवारी परेको छ ।
नेकपा एमाले ललितपुरको जारी नवौं अधिवेशनको क्रममा नेतृ सुर्वण श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । श्रेष्ठ पार्टीको जिल्ला सदस्य समेत हुन् ।
उनीसँगै अधिवेशनमा निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गरेपछि नेतृले सर्वसम्मत नेतृत्व छनौट हुन नसकेपछि आफूले पनि उम्मेदवारी दर्ता गरेको बताइन् ।
उनले आफूले कसैको भोट काट्न नभई सक्षम नेतृत्व आवश्यक देखेर उम्मेदवारी दिएको बताइन् । ललितपुरको राजनीतिमा लामो समयसम्म रहेकी पार्टीको पोलिटव्युरो सदस्य समेत रहेकी नेतृ सुशीला नेपालको समेत दावी परेको थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij