Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पोखरा महानगरको घर नक्सा अभिलेख चोरी

पोखरा महानगरको घर नक्सा अभिलेख चोरी

  • काठमाडौं । पोखराबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ८ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनबाट सरकारी कागजातहरू चोरी गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा पोखरा ९ का २८ वर्षीय सुवीर थापामगर र २९ वर्षीय सरोज थापामगर छन् । उनीहरुले गत चैत १२ गते राति कागजात चोरेका थिए । भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij