Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

१० महिनामा राजविराज कारागारमा ६ कैदीको मृत्यु

१० महिनामा राजविराज कारागारमा ६ कैदीको मृत्यु

  • काठमाडौं । १० महिनामा सप्तरीको राजविराज कारागारमा ६ कैदीको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बलात्कार, ज्यान मार्ने उद्योग र डाँका कसुर, लागूऔषध मुद्दा, मानव बेचबिखन ओसारपसार लगायतका मुद्दामा सजाय काटी रहेका कैदीको मृत्यु भएको कारागार स्रोतले बताएको छ ।

    AGNI GROUP

    पछिल्लो समय बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डलले शौचालयमा गम्छाको पासो बनाई झुण्डिएर आत्महत्या गरेका थिए ।

    मृत्यु हुनेहरुमा कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय वीरेन्द्रकुमार मलाहा, सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्धु सदा, बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली, महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव र राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी छन् ।

    प्रायको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij