
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । उच्च अदालत पाटनमा सरकारी पक्षले सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको छ ।
‘गौशाला २६’ नाबालिक रहेको भन्दै बिहीबार सरकारी पक्षले मुद्दा दर्ता गरेको हो । सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल पनि उच्च अदालतमा पुगेको हो ।
सरकारी पक्षले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारबाही माग गरेर मुद्दा हालेको अदालत स्रोतले बतायो ।
यता, सन्दीप पक्षले भने जिल्ला अदालतले सरकारी कागजातमै नाबालिका रहेको ठहर गरेकोमा पुन नाबालिक दाबी गर्दै मुद्दा हाल्नु विरोधाभाष भएको बताएको छ ।
फागुन १० गते सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसलामाथि चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन दिएका थिए । मुद्दाको पहिलो पेसी चैत १२ गते तोकिएको छ ।
साथै, सन्दीपलाई अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij